मन्त्रीको जम्बो टोली हेलिकोप्टरबाटै बाढी क्षेत्रको अनुगमन गरेर फर्कियो
काठमाडौं : लगातारको बर्षका कारण आएको वाढीबाट पीडित जनताको गुनासो सुन्न र अनुगमन गर्न रौतहट आएको संघीय सरकारका मन्त्रीसहितको टोली हेलिकोप्टरबाटै अनुगमन गरेर काठमाडौं फर्किएको छ । पूर्वप्रधानमन्त्री माधब कुमार नेपालसहित मन्त्रीको जम्बो टोली पीडित जनता नभेटी आकाशमा एक फन्को मारेर काठमाडौं फर्किएको हो । रौतहट नेता नेपालको गृहजिल्ला समेत हो ।
बुधबार हेलिकप्टरबाट रौतहट आएका मन्त्रीहरुसहित सांसदको जम्बो टोली हेलिकप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझेर फर्किएका हुन् । नेता नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पुर्व मन्त्री तथा रौतहट–३ का सांसद प्रभु साह, बिकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्कालगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकप्टरबाटै अनुगमन गरे ।
अनुगमन टोली नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तु स्थितिबारे जानकारी लिउका थिए । तर पीडित क्षेत्रका जनता भेट्न भने गएनन् । सेनाको क्याम्पमा उत्रिएर त्यस्तै उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने र तत्काल चन्द्रनिगाहपुरमा स्वास्थ शिबिर क्याम्प लगाउने आस्वासन दिएका थिए ।
हाल सम्म रौतहटमा आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन् । भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल ढोका खोलेपछि पानीको सतह घटेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । अनुगमनमा आएका मन्त्री र नेताको जम्बो टोली खाली हात आएर आश्वान दिएर फर्केको भन्दै रौतहटका बाढी पीडिहरुले गुनासो गरेका छन ।
प्रभावित क्षेत्रमा अझै २ फिट भन्दा बढी पानी जमेको छ । गौर नगरपालिका वरहवा टोलका ३५ घर परिवारले भने अहिलेसम्म राहत नपाएको गुनासो गरेकाछन् । घर भत्किएपछि उनीहरु नजिकैको गौरीशंकर क्याम्प तथा बरहवास्थित हनुमान धर्मशालामा बसिरहेका छन् ।
शिलापत्र