देश भरि अवरिल बर्षाको कारण कहाँ के भयो ?
काठमाण्डौ २७ असार । प्रदेश नमर दुईको जनकपुर गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छन । जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना डुबानमा परेको हो । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
यता काभ्रेको बनेपामा एक घर माथिबाट आएको पहिरोमा पुरिएर बनेपा नगरपालिका वडा नम्बर ३ का रामप्रसाद दंगाल उनकी श्रीमती गोमा दंगाल र उनका ७ बर्षिया नानिति सोहनी दंगालको ज्यान समेत गएको छ । पहिरोमा पुरिएर अन्य तिनजना घाइते भएकोमा उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन । त्यसैगरी, ललितपुरमा घरमाथिको ढिस्को भत्किएर घर पुरिँदा एक बालकको मृत्यु भएको छ। ललितपुरको बागमती गाउँपालिका–२ माल्टा बगुवामा पन्चलाल जिम्बाको घरमाथिको ढिस्को भत्किएर घरमा क्षति पुग्दा १३ वर्षीय सरोज जिम्बाको मृत्यू भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।
यस्तै सप्तकोशी नदीमा विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् भ्न्ै । अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिइका छन् ।
यता मकवानपुरको थाहा नगरपालिका(३ मा एक बालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ। थाहा ३ दम्कीबाट महाभिर खोला तर्ने क्रममा बाढीले ४ सय मिटर तलसम्म बगाउँदा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको थाहा नगरबाट स्थानीय पत्रकार ध्रुब ढकालले जानकारी दिए। यस्तै थाहा नगरका स्थानीय युवा सन्तोष बलामाी पनि खोलाले बगाउँदा घाइते भएका छन्।
यस्तै चितवनमा पनि निरन्तर वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । आज बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडकखण्ड अवरुद्ध करण आवतजावत गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् । खोला बढेर आवागमन अवरुद्ध भएसँगै स्थानीय प्रभावित समेत भएका छन् ।
खोलाहरु बढेपछि पानी खेतमा पस्न थाले पछि लगाइएको धानबाली समेत प्रभावित बने छ । निरन्तर वर्षासँगै यहाँका ठूला दुई नदी नारायणी र राप्तीको बहाव समेत बढेको छ । त्यसैगरी, महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो। भनेखोटाडमा पनि , खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन्। चार दिनदेखि लगातार परेको वर्षाका कारण झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् छ भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन्।
यता इटहरीमा पनी र अविरल बर्षाका कारण आएको बाढीले कोशि राजमार्ग अन्तर्गत दुहबीस्थित बुढिखोलाको पुल उच्च जोखिममा परेको छ् । उक्त सडक खण्डको ड्रेन र सडक समेत भासिएको प्रहरीले जनाएको छ ।
यस्तै उता सुनसरीमा पनि निरन्तरको वर्षाकै कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवारलार्य प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए।
यता सिन्धुपाल्चोकको मिसाक्षेत्रमा निरन्तर रुपमा बाढी पहिरोको प्रलय भइरहेको छ। बर्सेनि भोटेकोशी बाढीले करोडौँको क्षति हुने गरेको छ। यसवर्ष पनि २१ असार शनिबार रातिको अविरल वर्षाको कारणले दुई जनाको ज्यान समेत गएको छ। भने करोडौँको क्षति हुन पुगेको छ। शृंखलाबद्ध रुपमा भोटेकोशी बाढीले क्षति पुर्याउने गरेको छ। हाइड्रोपावरमा कार्यरत दुई बेपत्ता भोटेकोशी बाढीले निरन्तर रुपमा मानवीय, सडक, निजी आवास, हाइड्रोपावर लगायतमा क्षति पुर्याउँदै आएको छ।
यस वर्ष पनि भोटेकोशी बाढीले निर्माणाधीन शीवश्री हाइड्रोपावरमा कार्यरत दुईजना बेपत्ता पार्यो। बेपत्तामध्ये एकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जन्कारी दिएका छन ।भोटेकोशी गाउँपालिकाले प्रकोप नियन्त्रण गर्नको लागि जोखिमयुक्त क्षेत्रमा मेसिनरीबाल, जाली गारो लगाउन लागेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जनाएकाछन । जुगल गाउँपालिका २ घट्टेखोलास्थित गाउँघर उज्यालो लघु ऊर्जा जलविद्युत परियोजना निरीक्षणका लागि आएका एक इन्जिनियर अझै बेपत्ता छन्।
शुक्रबार राति परेको अविरल वर्षा पछिको बाढीले बगाएको थियो। त्यस्तै दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ८ का इन्जिनियर मुक्ती सिबाकोटी बेपत्ता भएको थिए। प्रहरीले शनिबार बिहानदेखि निरन्तर रुपमा खोजीकार्य गरे पनि भेट्न नसकेको जनाएको छ।