घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।
घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक माथिका जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रशासनले सडक बन्द रहने समयमा यात्रा नगर्न तथा आफ्नो यात्रा व्यवस्थापन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।