चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा कञ्चनपुरको बेलौरी निवासी २५ वर्षीय चालक रमेश चौधरी र पछाडि सवार ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए ।
प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि एपीएफ अस्पताल सतुङ्गल पुर्याएको थियो । उपचारका क्रममा चिकित्सकले चालक चौधरीलाई मृत घोषणा गरेका हुन् ।
पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।