दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो । सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए ।