नियमित स्वास्थ्य परीक्षणपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेलको ओपीडीमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्यमा कुनै समस्या देखिएर अस्पताल भर्ना हुनुभएको नभई नियमित जाँचका लागि मात्र अस्पताल आउनुभएको उनले स्पष्ट पारे ।
‘उहाँले नियमित चेकजाँच गराउनुभएको हो । स्वास्थ्यमा समस्या आएको होइन । उहाँको ओपीडीमा चेकजाँच गरिएको थियो । अहिले डिस्चार्ज भइसक्नुभएको छ,’ रोस्याराले भने । नियमित स्वास्थ्य परीक्षणपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।