नेपाल लाइफ इन्स्योरेन्स साफा अवार्डबाट सम्मानित
नेपाल लाइफ इन्स्योरेन्सले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड प्राप्त गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी नेपाल लाइफ बनेको छ।
साफाद्वारा आयोजित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५’ अन्तर्गत जीवन बीमा विधामा कम्पनीले उक्त सम्मान प्राप्त गरेको हो। बंगलादेशको ढाकामा शनिबार आयोजित समारोहमा कम्पनीका सीईओ प्रवीणरमण पराजुली र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले अवार्ड ग्रहण गरेका थिए।
यसअघि कम्पनीले आइक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ समेत प्राप्त गरेको थियो।
कम्पनीका सीईओ पराजुलीले यो उपलब्धि समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताउँदै वित्तीय पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गरे।