एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान ‘ए’ र श्रीलङ्का ‘ए’ भिड्दै
काठमाडौं । एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ को उपाधिका लागि आज पाकिस्तान ‘ए’ र श्रीलङ्का ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ।
कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने ५० ओभरको फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। टस ३ः१५ बजे हुनेछ।
दुवै टोली प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेका हुन्। पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’ ले भारत ‘ए’ लाई हराएको थियो भने पाकिस्तान ‘ए’ ले बङ्गलादेश ‘ए’ लाई ५ विकेटले पराजित गरेको थियो।
पाकिस्तान ‘ए’ प्रतियोगिताको सर्वाधिक तीन पटकको विजेता हो भने श्रीलङ्का ‘ए’ ले दुई पटक उपाधि जितिसकेको छ। पाकिस्तान चौथो र श्रीलङ्का तेस्रो उपाधिको खोजीमा मैदान उत्रनेछन्।