तुइनखोलाको पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
काठमाडौं । तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ।
सडक बन्द हुँदा नारायणगढबाट काठमाडौं तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्। पहिरोको जोखिम हटाएर सडक सुरक्षित बनाउने उद्देश्यले यातायात रोकेर काम गर्न लागिएको हो।