हाक्पारा पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुमको सीमास्थित तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
सात वर्षदेखि निर्माणाधीन पुलको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले निर्माण कार्यमा ढिलाइ नगरी तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका हुन्।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने पुल १४६ मिटर लामो हुनेछ। २२ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको निरीक्षणमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए।