अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो
काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ।
उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको छ । लगातार वर्षा भइरहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदी तथा खोलाको जलस्तरमा निगरानी बढाउँदै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।