प्रचण्ड भन्छन : नागरिकताको समस्याको समाधान गर्ने प्रतिबद्धता पूरा भएको छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको समस्याको समाधान गर्ने प्रतिबद्धता पूरा गरेको बताएका छन्।
शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रले प्रतिबद्धता जनाएको समस्याको समाधान गरेको बताए।
यदी यो नागरिकताको विधेयक पारित नभएको भए लाखौं युवाहरू नागरिकताबिहीन हुने अवस्था आइसकेको बताए।
‘मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिले तराई मधेशको यो नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ,’ उनले भने, ‘माओवादी केन्द्रले हिजो जे तपाईहरूको अगाडि प्रतिबद्धता व्यक्त गरेको थियो। त्यो प्रतिबद्धता हिजोबाट पूरा गरिएको छ।’