एनपीएल : सुदूरपश्चिमले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।
दुई खेल खेलेको चितवनले एक जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ । तीन अंकसहित चितवन अंकतालिकाको चौथो स्थानमा छ ।
यता, तीन खेल खेलेको सुदूरपश्चिमले एक जित र दुई हार बेहोरेको छ । चितवन दोस्रो जितको खोजीमा मैदान उत्रिँदा सुदूरपश्चिम चौथो खेलमा जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ ।