जेनजी आन्दोलनपछि तीव्र पुनर्निर्माण गरेको भन्दै भाटभटेनी सम्मानित
जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरे पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याएको भन्दै भाटभटेनी सुपरमार्केट सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा सरकारले प्रतिकूल परिस्थितिमा पनि उत्कृष्ट व्यवसाय सञ्चालन गरेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरेको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भाटभटेनीका अधिकांश स्टोरमा आगजनी तथा तोडफोड भएको थियो । त्यसपछि कम्पनीले तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याएको छ ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यस अवसरमा उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कृत गर्ने गरिन्छ ।