सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला एक हजार ९ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ४९० रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।