बूढीगण्डकीमा भीषण बाढी, आरुघाट बजार खाली गराइयो
गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि गोरखाको आरुघाट बजार खाली गराइएको छ। नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ अन्तर्गत लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदी थुनिएको थियो। थुनिएको नदी खुलेसँगै एक्कासि ठूलो बाढी आएको हो।
बाढीले नदी तटीय क्षेत्रमा भौतिक क्षति पुर्याएको छ। थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आरुघाट बजार खाली गराइएको हो।