रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन संवाद
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ।
कुराकानीका क्रममा रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। उनले अमेरिकी सरकार नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।
जवाफमा सभापति लामिछानेले सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउँदै नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति पनि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
लामिछानेले विपद्को कठिन समयमा अमेरिकाले देखाएको सहयोग र सहानुभूतिप्रति रुबियोलाई धन्यवाद दिएका छन्।