चीनमा वैज्ञानिक तथा राष्ट्रिय योगदानकर्ताका प्रेरणादायी पोस्टर प्रदर्शन
शानडोङ प्रान्तको हेजे सहरमा विभिन्न व्यापारिक तथा सार्वजनिक स्थलका डिजिटल स्क्रिनमा देशका विशिष्ट वैज्ञानिक तथा योगदानकर्ताका प्रेरणादायी पोस्टर प्रदर्शन गर्न थालिएको छ।
अगस्ट २१ मा हेजेको लुसी नयाँ क्षेत्रमा रहेको एक व्यापारिक केन्द्रको ठूलो डिजिटल स्क्रिनमा प्रसिद्ध कृषि वैज्ञानिक युआन लङपिङको सार्वजनिक हितसम्बन्धी पोस्टर प्रदर्शन गरिएको थियो।
हाल हेजे सहरका विभिन्न व्यापारिक प्रतिष्ठानले वैज्ञानिक तथा राष्ट्रिय योगदानकर्ताहरू छियान स्युसेन, तङ च्यासीएन, छियान सानछ्याङ, ह्वाङ स्युइह्वा र युआन लङपिङलगायतका व्यक्तित्वका पोस्टर बाहिरी डिजिटल स्क्रिनमा प्रदर्शन गरिरहेका छन्।
उनीहरूको योगदान र प्रेरणादायी कार्यबारे सर्वसाधारणलाई जानकारी गराउँदै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको यस्तो अभियानले सहरको सभ्य तथा सांस्कृतिक वातावरणलाई थप आकर्षक बनाएको छ।