एसिसी प्रिमियर कप : बहराइनसँग खेल्दै नेपालले प्रतियोगिता सुरु गर्ने
काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ गते मलेसियासँग, तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङ, चीनसँग खेल्नेछ।
प्रतियोगिताका दुवै सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुनेछ।