पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला
सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
मंगलबार अदालतले असदको अनुपस्थितिमा फैसला सुनाएको हो। उनी सन् २०२४ को डिसेम्बरसम्म चलेको गृहयुद्धमा पराजित भएपछि आफ्ना भाइ महेरसँगै रुस पुगेका थिए।
असदसँगै उनका मामाका छोरा तथा पूर्वब्रिगेडियर जनरल अतेफ नजिबलाई पनि मृत्युदण्ड सुनाइएको छ। दक्षिणी प्रान्त डारामा भएको प्रदर्शन दमन गरेको आरोपमा नजिबलाई दोषी ठहर गरिएको हो।
सिरियाली सेनामा कार्यरत नजिब डारा प्रान्तको राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए। गृहयुद्धपछि पक्राउ परेका नजिबलाई अदालतमा कैदी पोसाकमा उपस्थित गराइएको थियो।