संसद भवन नजिक प्रदर्शन उग्र, सुरक्षा कडा; कक्रोज जनता पार्टीका संस्थापक पक्राउ
नयाँ दिल्ली: भारतको नयाँ दिल्लीस्थित संसद भवन अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ। कक्रोज जनता पार्टी (सिजेपी) ले सोमबार जन्तर–मन्तरबाट सुरु गरेको ‘चलो संसद’ मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा सतर्कता बढाइएको हो।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले संसद भवन नजिक राखिएको ब्यारिकेड तोड्ने प्रयास गरेपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
उक्त प्रदर्शन संसदको मनसुन अधिवेशन सुरु भएकै दिन भएको हो। अधिवेशन चलिरहेका बेला संसद भवन बाहिर प्रदर्शन जारी रहे पनि बैठक पछि स्थगित गरिएको जनाइएको छ। यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिसकेका छन्।
प्रदर्शनका क्रममा कक्रोज जनता पार्टी (सिजेपी) का संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।