दिल्ली उच्च अदालतको आदेश : सोनम वाङ्चुकलाई मेदान्ता अस्पताल सार्न निर्देशन
दिल्ली उच्च अदालतले लामो समयदेखि अनसनरत सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई तत्काल उनकै रोजाइको मेदान्ता अस्पतालमा सार्न आदेश दिएको छ।
अदालतले विशेषज्ञ चिकित्सक टोली गठन गरी उपचार सुरु गर्न र हालसम्मका सबै मेडिकल रिपोर्ट उपलब्ध गराउन पनि निर्देशन दिएको छ। सरकारको तर्फबाट वाङ्चुकलाई मेदान्ता अस्पताल लैजान कुनै आपत्ति नरहेको जनाइएको छ, तर चिकित्सकको सल्लाहबिना अस्पतालबाट डिस्चार्ज गर्न नहुने शर्त राखिएको छ।