धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
काठमाडौँको रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी महिला मृत अवस्थामा भेटिएकी छन् । बिहीबार दिउँसो ४ बजेतिर करिब ३५ वर्षीया महिलाले धोबीखोलामा हाम फालेकी थिइन् ।
खोजतलास गर्दा उनको शव बल्खुस्थित कुमार क्लब नजिक बागमतीको किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । मृतकको पहिचान खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।