युद्धका कारण इरानको ग्यास उत्पादनमा ठूलो क्षति
अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति पुगेको जनाएको छ।
इरानी सरकारका अनुसार युद्धका कारण देशले दैनिक करिब २३० मिलियन घनमिटर ग्यास उत्पादन क्षमता गुमाएको छ। सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले ऊर्जा पूर्वाधारमा भएको क्षतिले उत्पादनमा उल्लेखनीय असर परेको बताएकी छन्।
यसअघि इरानले अमेरिका र इजरायलको आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति माग गरेको थियो। इरानी अधिकारीहरूका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २७० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
इरानले युद्धका क्रममा ऊर्जा, उद्योग, यातायात तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको दाबी गरेको छ।