शेख हसिनाको घोषणा : जोखिम भए पनि डिसेम्बरसम्म स्वदेश फर्किन्छु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिम, पक्राउ वा जेल सजायको सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने अडान दोहोर्याएकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले जनताले आफूलाई स्वदेश फर्किन निरन्तर आग्रह गरिरहेको बताएकी छन्।
एएफपीसँगको अन्तर्वार्तामा उनले स्वदेश फर्किएपछि जुनसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताइन्। सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी हसिनाले आफूविरुद्धको मृत्युदण्डको फैसला राजनीतिक प्रतिशोध भएको दाबी गरेकी छन्।
मानवअधिकार उल्लङ्घन र आन्दोलन दमनका आरोपहरू उनले अस्वीकार गर्दै आफ्नो लक्ष्य सत्ता होइन, जनताको सेवा रहेको बताएकी छन्।