सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ
निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले रावललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको हो ।
साइबर ब्यूरोका सूचना अधिकारी एसपी दिलीप कुमार गिरीका अनुसार रावलविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलालाई अनर्गल गालीगलौज गरेको आरोप लागेको छ। सोही आरोपका आधारमा उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आरती रावल यसअघि निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा अदालतले भुवन गिरीलाई सफाइ दिएको थियो ।