सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न सहकार्य गर्ने सहमति
काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री र महावीर पुनबीच सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत तथा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ।
छलफलमा ती उपकरणहरूलाई राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गरी पुनः प्रयोगमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्ने सहमति भएको बताइएको छ।
सरकारी अस्पतालहरूमा लामो समयदेखि प्रयोगविहीन रहेका उपकरणहरूलाई उपयोगमा ल्याएर स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको हो।