परराष्ट्रमन्त्री खनाल पुगे दिल्ली
परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली पुगेका छन्। भारतका विदेशमन्त्री डा। एस। जयशङ्करको निमन्त्रणामा खनाल भारत गएका हुन्।
उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नियोगका कार्यवाहक राजदूत डा। सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरे।
भारत जानुअघि उनले सीमासहित अहिले उठेका सबै विषयमा संवाद गर्ने बताएका थिए। परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा। जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।
भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने कार्यक्रम छ । रास्वपा सभापति रवि लामिछाने पनि ५ दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।