डोभाल: होर्मुज जलमार्ग खुला भए आपूर्ति अवरोध घट्ने आशा
नयाँ दिल्ली — भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल ले स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुचारु भए ऊर्जा तथा मल आपूर्तिमा देखिएको अवरोध कम हुने आशा व्यक्त गरेका छन्।
नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सुरक्षा बैठकमा बोल्दै उनले होर्मुज जलमार्ग पुनः सञ्चालन हुनु आपूर्ति श्रृङ्खलाका समस्या कम गर्न सहयोगी हुने बताए। तेल तथा ग्यास ढुवानीका लागि महत्वपूर्ण मानिने यो मार्ग पछिल्ला घटनाक्रमका कारण अस्थिर बनेको छ।
डोभालका अनुसार आपूर्ति अवरोध घटेमा रासायनिक मल तथा आवश्यक वस्तुहरूको अभाव पनि कम हुनेछ।
बैठकका क्रममा उनले इरानी र चिनियाँ प्रतिनिधिसहित ब्रिक्स राष्ट्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए। बैठकमा रुस, दक्षिण अफ्रिका र ब्राजिलका प्रतिनिधिहरू पनि सहभागी थिए।
यसैबीच, भारत–अमेरिका व्यापार वार्तामा पनि प्रगति भइरहेको बताइएको छ। दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन्।