वीरेन्द्रनगरबाट ठूलो मात्रामा सुन तथा नगद बरामद
सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलाे मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियाे ।
घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी छ ।