कैलालीमा सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट, एक सैनिकको मृत्यु
कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको छ। गम्भीर घाइते विष्टको उपचारका क्रममा लम्कीस्थित अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। दुर्घटना बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालयको अभ्यासका क्रममा भएको हो।