दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई सोमबार नियन्त्रणमा लिइएको हो। प्रहरीले पक्राउको स्पष्ट कसुर सार्वजनिक नगरे पनि “केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको” जनाएको छ।
डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंसँग सोधपुछ गर्नुपर्ने विषय रहेकाले नियन्त्रणमा लिइएको हो। उनी सोमबार नै वीरगञ्ज पुगेका थिए।
प्रसाईं यसअघि पनि विभिन्न विवादित अभिव्यक्ति, साइबरसम्बन्धी उजुरी, सार्वजनिक शान्ति भंग तथा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा पटक–पटक पक्राउ पर्दै आएका छन्।