संघीय संसदका दुवै सदनमा बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
काठमाडौँ — संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ।
दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल निरन्तर रहने सम्भावित कार्यसूची रहेको छ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। प्रस्तुत प्रस्तावमाथि सांसदहरूले छलफल जारी राखेका छन्।
छलफल सम्पन्न भएपछि आगामी बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।