पहिलो पटक रोस्ट्रममा उक्लिए प्रधानमन्त्री बालेन
प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार भएका छन् । उनी बोल्न रोस्ट्रममा उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई दुई मिनेट समय दिएर प्रश्न सोध्न भनेका छन् । अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट समय दिएका छन् । ती दलका सबै सांसदलाई बोल्न दिइएको छैन ।
बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि विवाद निरुपण नभएको हो। प्रधानमन्त्री शाह पहिलो पटक रोस्ट्रममा उक्लिएर आफूलाई प्रश्न सोध्न आग्रह गरेका थिए । उनलाई प्रश्न सोध्ने दुई मिनेट समय सभामुखले दिएपछि प्रतिपक्षी दलहरूले नियमापत्ति गरे ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ (१) को उल्लंघन भएको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्री शाहलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने अडान उनले राखे । उता एमालेका सचेतक ऐन महरले यसमा नियमापत्ति जनाए । कांग्रेसका अर्जुननरसिंह केसीले प्रधानमन्त्री बोल्न तयार हुनु सकारात्मक भएको बताए ।