ललितपुरको म्यानपावरमा श्रम मन्त्रालयको छापा
ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम मन्त्रालयले छापा मारेको छ। मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गरेको गुनासोपछि प्रहरीसहितको टोलीले शुक्रबार छापा मारेको हो।
छापाका क्रममा ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको छ। नगदको वैध रसिद फेला नपरेको बताइएको छ। म्यानपावर सिल गरी थप अनुसन्धान अघि बढाइने मन्त्रालयले जनाएको छ।