गोरखामा जीप दुर्घटनामा परी दुई जना घाइते
गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारतीय नागरिक १८ वर्षीय अरविनकुमार साह घाइते भएका छन् ।
गम्भीर घाइते साहलाई उपचारका लागि चितवनको मौलाकाली अस्पताल लगिएको छ भने चालक घलानको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।