भूमि व्यवस्थापन सेवा पहिलो चरणमा ३५ स्थानीय तहबाट सञ्चालन हुने
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आवश्यक पूर्वाधार तयार गरेका ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह सुरु गर्ने भएको छ।
मन्त्रालयले सूचना जारी गर्दै धेरै स्थानीय तहबाट निवेदन प्राप्त भए पनि पूर्वाधार अभावका कारण पहिलो चरणमा पूर्वाधार पूरा गरेका ३५ स्थानीय तहबाट मात्र सेवा सञ्चालन गर्न लागिएको जनाएको छ।
बैशाख १० गते प्रकाशित सूचनाअनुसार हालसम्म २२५ स्थानीय तहले सेवा सञ्चालनका लागि निवेदन दिएका छन्। मन्त्रालयले सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारको सूची समेत सार्वजनिक गरेको छ।
पूर्वाधार तयार भएपछि सम्बन्धित स्थानीय तहले मन्त्रालयको इमेलमार्फत जानकारी पठाउनुपर्ने मन्त्रालयले जनाएको छ।