पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन हिजो राति प्रस्थान गरेका हुन् । भोलि जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए ।
रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तालिका पनि । उनले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्नेछन् । जेठ १३ गते उनी स्वदेश फर्कनेछन् । नेता नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।