नेपाल मेडिकल काउन्सिलद्वारा ‘डाक्टर’ उपाधि दुरुपयोग नगर्न निर्देशन
नेपाल मेडिकल काउन्सिल ले कानुनविपरीत रूपमा नाम अगाडि ‘डाक्टर (डा)’ उपाधि प्रयोग नगर्न निर्देशन जारी गरेको छ।
काउन्सिलका निमित्त रजिष्ट्रार दीपेन्द्र पाण्डे का अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य स्वास्थ्यकर्मी वा व्यक्तिले ‘डाक्टर’ शब्द प्रयोग गर्न पाउने छैनन्।
काउन्सिलले १५ दिनभित्र नाम, क्लिनिक साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड र सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउन निर्देशन दिएको छ।
अन्यथा नेपाल मेडिकल काउन्सिल ऐनअनुसार तीन वर्षसम्म कैद वा जरिवाना हुने चेतावनी दिइएको छ। साथै, ‘डाक्टर’ उपाधि उल्लेख भएको शैक्षिक प्रमाणपत्र भए पनि स्वतः चिकित्सकीय अभ्यासको अनुमति नदिने काउन्सिलले स्पष्ट पारेको छ।