यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु
यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।
बुद्ध हिमालको फेदबाट यार्सागुम्बा संकलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए।