प्रचण्डद्वारा भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली
२६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सोमबार काजकिरिया भइरहेको स्थानमा पुगेर प्रचण्डले दिवंगत भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यस क्रममा उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।