महोत्तरीमा ट्याक्टर दुर्घटना : रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु
महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिँदा दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७ वर्षीया फरहाना खातुन र ८ वर्षीया रफिया खातुन रहेका छन्। प्रहरीका अनुसार दुवै बालिका ट्याक्टरमा सवार अवस्थामा अचानक लडेर रोटाभेटरमा परेपछि घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टर चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।