रवि लामिछाने उपचारपछि आज चितवन प्रस्थान, केही दिन आरामपछि देश दौडानमा निस्कने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवन जाँदैछन्। माघ ५ पछि पहिलोपटक सार्वजनिक कार्यक्रमका लागि उनी लामो यात्रामा निस्कन लागेका हुन्।
जनकपुरमा आयोजित पार्टीको बृहत् सभामा सहभागी हुँदा खुट्टामा चोट लागेपछि संक्रमण बढ्दै गएपछि उनी माघ १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। माघ १५ गते डिस्चार्ज भएपछि उनी घरमै आराम गरिरहेका थिए।
उनका सचिवालय सदस्य अविनाश आचार्यका अनुसार रवि त्रिभुवन विमानस्थलबाट चितवन प्रस्थान गर्दैछन्। केही दिन चितवनमै आराम गर्दै शुभेच्छुकसँग भेटघाट गर्ने र खुट्टा पूर्ण रूपमा निको भएपछि देश दौडानमा निस्कने योजना रहेको छ।