प्रतिनिधिसभा निर्वाचनबारे नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ।
आम निर्वाचन २०८२ का प्रेस संयोजक मीनबहादुर शाहीका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा निर्वाचनसम्बन्धी पार्टीका धारणा, तयारी तथा कार्यक्रमबारे जानकारी गराइने बताइएको छ। सो अवसरमा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।