झापामा सिरिन्ज आक्रमण, एक जनाको मृत्यु; एक जना पक्राउ
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा अज्ञात व्यक्तिद्वारा गरिएको सिरिन्ज आक्रमणमा स्थानीय खेम ढकालको मृत्यु भएको छ। बिहीबार साँझ छिमेकीको घरबाट फर्कने क्रममा आक्रमणमा परेका ढकाल गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशङ्कामा सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ। सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।