रास्वपा धनगढीका संस्थापक सभापति विष्टले छोडे पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । विष्टले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
रास्वपाले जान्नेलाई छान्ने तथा आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आबद्ध भएको बताउँदै उनले पछिल्लो समय पार्टीको कार्यशैलीविपरीत दिशामा गएकोले पार्टी छोडेको बताएका छन् ।
विष्ट यसपटक कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली– ५ बाट रास्वपाका उम्मेदवार थिए । उक्त निर्वाचनमा उनले सुदूरपश्चिमभरका रास्वपा उम्मेदवारमध्ये दोस्रो बढी मत प्राप्त गरेका थिए ।