जापानमा मध्यावधि निर्वाचन: प्रधानमन्त्री सनाए तकाइचीको दलले दुई तिहाइ बहुमतसहित ऐतिहासिक जित
टोकियो । जापानमा सम्पन्न मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सनाए तकाइचीको नेतृत्वमा रहेको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले दुई तिहाइ बहुमतसहित शानदार जित हासिल गर्ने निश्चित देखिएको छ ।
सरकारी प्रसारक एनएचकेका अनुसार जापानी प्रतिनिधिसभाका ४६५ सिटमध्ये एलडीपीले ३५२ सिट जित्ने अनुमान गरिएको छ । चुनावी नतिजा औपचारिक रूपमा घोषणा हुन बाँकी भए पनि बहुमतका लागि आवश्यक ३१६ सिट एलडीपीले एक्लैले पार गर्ने देखिएको छ । यो संख्या प्रतिनिधिसभाको करिब ६८ प्रतिशत हो ।
यो जित जापानको युद्धपछिको इतिहासमै सबैभन्दा फराकिलो चुनावी विजय मानिएको छ । सन् १९४७ मा संसद्को हालको संरचना बनेयता कुनै पनि दलले यति ठूलो बहुमत हासिल गरेको थिएन ।
देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी तकाइचीले पार्टी प्रमुख बनेको चार महिनामै स्पष्ट बहुमतका लागि भन्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यसअघि उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीका पालामा सार्वजनिक भएका भ्रष्टाचार काण्ड र बढ्दो मूल्यवृद्धिका कारण एलडीपीले बहुमत गुमाएको थियो ।
चुनावअघि बहुमत नआए आफूले राजीनामा दिने बताएकी तकाइचीका लागि यो निर्वाचन ‘ठूलो बाजी’का रूपमा हेरिएको थियो । तर उनको व्यक्तिगत लोकप्रियता र सरकारको ७० प्रतिशतभन्दा बढी अनुमोदन दरले एलडीपीलाई निर्णायक जित दिलाएको विश्लेषण गरिएको छ ।
एलडीपीलाई हाल समर्थन गरिरहेको जापान इनोभेसन पार्टीले ३६ सिट जित्ने अनुमान छ भने विपक्षी दलहरूले जम्मा ११३ सिटमा सीमित हुने एनएचकेको प्रक्षेपण छ ।
यो विजयसँगै प्रधानमन्त्री तकाइचीलाई आफ्ना परम्परावादी एजेन्डा अघि बढाउन सहज हुने देखिएको छ । उनले रक्षा खर्च वृद्धि, आप्रवासन नियन्त्रण तथा जापानको युद्ध विरोधी संविधान पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएकी छन् ।
तकाइचीको जितपछि विश्व नेताहरूबाट बधाईको ओइरो लागेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई “अत्यन्तै प्रतिष्ठित र लोकप्रिय नेतृ” भन्दै बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारत–जापान सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिम तथा ताइवानका राष्ट्रपति लाई चिङ–तेले पनि तकाइचीको नेतृत्वलाई जनताले दिएको समर्थनको प्रशंसा गरेका छन् ।
तकाइचीको ‘ऐतिहासिक जित’ सार्वजनिक भएसँगै जापानको शेयर बजारमा उत्साह देखिएको छ । सोमबार कारोबार खुल्नेबित्तिकै निक्केइ परिसूचक करिब पाँच प्रतिशतले बढ्दै पहिलो पटक ५७ हजार अंक नाघेको छ ।
जापानी येन अमेरिकी डलरको तुलनामा बलियो देखिएको छ भने सरकारी ऋणपत्रहरूको मूल्यमा भने खासै उत्साह देखिएको छैन ।
दिवङ्गत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट शिष्या मानिने तकाइचीले कर कटौती गर्दै सरकारी खर्च बढाएर अर्थतन्त्र उकास्ने वाचा गरेकी छन् । उनले ‘आबेनोमिक्स’ पुनः लागू गर्ने र सस्तो ब्याजमा ऋण लिएर सार्वजनिक लगानी बढाउने योजना अघि सारेकी छन् ।
अब स्पष्ट बहुमतसहित सरकार सञ्चालन गर्न पाउने भएपछि उनका व्यवसायमैत्री नीतिहरू अघि बढाउन विपक्षी दलसँग सहमति जुटाउनुपर्ने बाध्यता हटेको

अब स्पष्ट बहुमतसहित सरकार सञ्चालन गर्न पाउने भएपछि उनका व्यवसायमैत्री नीतिहरू अघि बढाउन विपक्षी दलसँग सहमति जुटाउनुपर्ने बाध्यता हटेको विश्लेषकहरूले बताएका छन् ।