बैतडीमा निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।
निर्वाचन प्रहरी चन्द सुन्दरखाली मैदानमा सञ्चालन भइरहेको तालिम सकेर घरतर्फ जाने क्रममा खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।