पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ । ९७ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भोजप्रसाद भट्टराईको काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएका भट्टराईको उपचारकै क्रममा निधन भएको हो ।
डा. बाबुराम भट्टराईको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, *“पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पूजनीय पिता भोजप्रसाद भट्टराईज्यूको ९७ वर्षको आयुमा स्वर्गारोहण हुनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।”*
भोजप्रसाद भट्टराईको निधनप्रति राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तित्वहरूले शोक व्यक्त गरिरहेका छन् ।