प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड
काठमाडौं – प्रेस चौतारी नेपालले २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
महासचिव हिरामान लामाद्वारा जारी शुभकामना सन्देशमा पत्रकारको हक–अधिकार संरक्षण, निरङ्कुशताविरुद्धको सङ्घर्ष, आमसञ्चार नीति निर्माण र प्रेस स्वतन्त्रताको सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।
चौतारीले सञ्चार क्षेत्रमा भ्रम, प्रचारबाजी र सूचनाको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री संगठन निर्माण, डिजिटल संरचना सुदृढीकरण र दक्ष जनशक्ति विकासमा जोड दिएको छ।
विसं २०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले प्रत्येक वर्ष सोही दिन स्थापना दिवस मनाउँदै आएको छ।